संसदको गतिरोध अन्त्य गर्ने विषयमा राष्ट्रिय दलकाे छलफल सिंहदरबारमा जारी
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जनता) का नेताहरु सहभागी छन्।
काठमाडौं, भदौ ६ : संसदको गतिरोध अन्त्य गर्नेबारे विषयमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा राष्ट्रिय दलहरुको छलफल सुरु भएको छ।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जनता) का नेताहरु सहभागी छन्।
आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपाका अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित छन्। ओली उपस्थित नभएपछि मंगलबारकाे बैठक निष्कर्षविहीन बनेको थियाे।
बैठकमा सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठनबारे छलफल हुने बताइएको छ। प्रमुख प्रतिपक्षी एमालेले उच्चस्तरीय आयोग गठनको माग गर्दै साउन १० देखि संसद बैठक अवरुद्ध गर्दै आएको छ।
शीर्ष नेताहरूबीच सहमति भएपिछ संसद बैठक कार्यसूचीमा अघि बढ्ने बताइएको छ। संसदको बैठक बुधबार नै दिउँसो ३ बजेका लागि बोलाइएको छ।