Kathmandu Press

त्रिशूली बस दुर्घटना अपडेट : आठ जनाको मृत्यु

काठमाडौंबाट पोखरा गइरहेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो।
त्रिशूली बस दुर्घटना अपडेट : आठ जनाको मृत्यु

काठमाडौं, भदौ ८ : धादिङको गजुरीगाउँपालिक-२ चालिसेछहरा भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रुवाहक बस खस्दा आठ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

मृत्यु हुनेमा २ महिला र ६ पुरुष रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवं डिएसपी सन्तु जयसवालले जानकारी दिए। घाइते आठैजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको उनले बताए।

काठमाडौंबाट पोखरा गइरहेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो। घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएको जनाइएको छ।

प्रकाशित मिति: १२:३८ बजे, बुधबार, भदौ ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्