काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुलीमा खस्याे
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–१ चालीसेछहराबाट यात्रुवाहक बस बुधबार बिहान त्रिशुली नदीमा खसेको हो।
काठमाडौं, भदौ ६ : काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुलीमा खसेको छ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–१ चालीसेछहराबाट यात्रुवाहक बस बुधबार बिहान त्रिशुली नदीमा खसेको हो।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार अहिले घाइतेहरूको उद्धार गरी गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। केही घाइतेकाे अवस्था गम्भीर रहेकाे जनाइएकाे छ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए।
प्रकाशित मिति: १२:११ बजे, बुधबार, भदौ ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार