प्रधानमन्त्रीको न्युयोर्क भ्रमण स्वीकृत
प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली टोली संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन न्युयोर्क जानका लागेको हो।
काठमाडौं, भदौ ५ : प्रधानमन्त्री पुष्पकमल दाहालको न्यूयोर्क भ्रमण स्वीकृत भएको छ। बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको न्युयोर्क भ्रमण स्वीकृत गरेको हो।
परराष्ट्र मन्त्रालयको प्रस्तावमा प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको हो। प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली टोली संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन न्युयोर्क जानका लागेको हो।
प्रकाशित मिति: ११:५२ बजे, बुधबार, भदौ ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











