‘न्यायालगप्रति जनताको आशा र भरोसा बढाउने काम गर्छु’
श्रेष्ठले न्यायालयप्रति जनताको आशा र भरोषा बढाउने र न्याय मर्न नदिने गरि आफुले काम गर्ने बताए।
काठमाडौं, भदौ ५ : नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको जनआस्था खस्किन नदिन आफुले काम गर्ने बताएका छन्।
मंगलबार राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको शपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गर्दै श्रेष्ठले न्यायालयप्रति जनताको आशा र भरोषा बढाउने र न्याय मर्न नदिने गरि आफुले काम गर्ने बताए।
उनले छिटो छरितो न्याय दिने काममा न्यायापालिकालाई सहयोग गर्न आग्रह गरे। प्रधानन्यायाधीश श्रेष्ठले उच्च मनोवलका साथ निर्भिक भएर काम गर्न आग्रह गरे।
श्रेष्ठले उच्च र जिल्ला रिक्त न्यायाधीशको नियुक्तिको पहल गर्ने बताउँदै आफु कामु प्रधानन्यायधिश हुँदा सुरु गरेको रणनीतिक कामलाई निरन्तरता दिएर अघि बढ्ने बताए।
प्रकाशित मिति: २०:३५ बजे, मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











