Kathmandu Press

प्रधानन्यायाधीश श्रेष्ठले गरे पदभार ग्रहण

पदभार ग्रहण गरेपछि प्रधानन्यायाधीश श्रेष्ठले स्वचालित प्रणालीबाट पेशी तथा तारिख व्यवस्थापन गर्ने निर्णय गरेका छन्।
प्रधानन्यायाधीश श्रेष्ठले गरे पदभार ग्रहण

काठमाडौं, भदौ ५ : नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ पदभार ग्रहण गरेका छन्। राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ लिएलगत्तै सर्वोच्च अदालत पुगेर श्रेष्ठले पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहण गरेपछि प्रधानन्यायाधीश श्रेष्ठले स्वचालित प्रणालीबाट पेशी तथा तारिख व्यवस्थापन गर्ने निर्णय गरेका छन्।

यो निर्णयसँगै अब स्वचालित प्रणालीले नै मुद्दाको तारिख तोक्ने छ। मुद्दाको प्रकृति, सम्बन्धित दिनमा मुद्दाको चाप, मुद्दाको पालो आउने बारलगायतका आधारमा स्वचालित प्रणालीले आफै तारिखको दिन बताइएको छ।

गोला प्रक्रियाबाट इजलास चयन र मुद्दा तोक्ने पद्धती भने यथावत रहेको रहने छ।

प्रकाशित मिति: १९:२५ बजे, मंगलबार, भदौ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्