एमाले अध्यक्ष ओली र अमेरिकन राजदूतबीच भेट
भेटमा देशको समसामयिक विषय र विकासका बारेमा कुराकानी भएको सचिवालयले जनाएको छ।
भक्तपुर, भदौ ५ : नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेका छन्।
ओलीको सचिवालयका अनुसार एमाले अध्यक्ष ओली र राजदूत थम्पसबीच बालकोटस्थित ओली निवासमा भएको भेट भएको हो। भेटमा देशको समसामयिक विषय र विकासका बारेमा कुराकानी भएको सचिवालयले जनाएको छ।
भेटमा एमाले विदेश विभाग प्रमुख राजन भट्टराई पनि सहभागी थिए। भेटमा नेपाल र अमेरिकाबीचको सम्बन्धको बारेमा पनि छलफल भएको बताइएको छ।
प्रकाशित मिति: १९:१९ बजे, मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











