Kathmandu Press

शेखर र गगनले भेटे प्रधानमन्त्री

मंगलबार प्रधानमन्त्री निवास बालुटारमा भएको भेटमा कांग्रेस नेताद्वया कोइराला र थापाले समसामयिक विषयमा प्रधानन्त्री दाहाललाई सुझाव दिएका छन्।
शेखर र गगनले भेटे प्रधानमन्त्री

काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकाल दाहाललाई भेटेका छन्।

मंगलबार प्रधानमन्त्री निवास बालुटारमा भएको भेटमा कांग्रेस नेताद्वया कोइराला र थापाले समसामयिक विषयमा प्रधानन्त्री दाहाललाई सुझाव दिएका छन्।

उनीहरुले ललिता निवास, सुन तस्करीलगायत सुशासनका सन्दर्भमा ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए।

प्रधानमन्त्रीसँगको भेटमा उनीहरूले पक्षपात र पूर्वाग्रह नराखी सुशासनका कामलाई अघि बढाउन आग्रह गरेका थिए। उनीहरुले राजनीति र जनसरोकारका अन्य विषयमा प्रधानमन्त्री दाहालसँग कुराकानी गरेका थिए।  

प्रकाशित मिति: १८:०१ बजे, मंगलबार, भदौ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्