Kathmandu Press

नारायण रायमाझी साङ्गीतिक साँझ आयोजना हुने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गर्न लागेको सांगीतिक साँझ भदौ १५ गते हुनेछ।
नारायण रायमाझी साङ्गीतिक साँझ आयोजना हुने

काठमाडौं, भदौ ५ : वरिष्ठ लोकगायक, संगीतकार नारायण रायमाझीको एकल सांगीतिक साँझ आयोजना हुने भएको छ। रायामाझीका आफ्ना गीत प्रत्यक्ष रुपमा प्रस्तुत गर्नका लागि ‘नारायण रायमाझी सांगीतिक साँझ’ आयोजना हुने भएको हो।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गर्न लागेको सांगीतिक साँझ भदौ १५ गते हुनेछ। प्रतिष्ठानले सांगीतिक साँझको सम्पूर्ण तयारी पूरा भएको बताएको छ।

Hardik ivf

प्रतिष्ठानका अध्यक्ष रीता थापामगरले स्रष्टाको सम्मानका लागि भदौ १५ गते दिउँसो १ देखि बेलुकी ७ बजेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा सांगीतिक साँझ आयोजना गर्न लागिएको बताइन्।

साँझलाई प्रतिष्ठानले राष्ट्रकै गौरवका रूपमा चित्रण गरेको छ। रायमाझी लोकगीत, संगीत, संस्कृतिको निरन्तर साधक हुन्र

२०४२ सालदेखि सांगीतिक यात्राको थालानी गरेका रायामाझीका फुलबुट्टे चोलीमा, राम्दीपुल तरने बित्तिकै, गेटमा वेली जाई, कालो केशमा रातो रिबन, नमुछे आमा दहीमा टीकालगायत सयौं गीत चर्चित छन्।

 

प्रकाशित मिति: १६:०७ बजे, मंगलबार, भदौ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्