सुन तस्करी प्रकणमा छानविन आयोग बनाउने कार्यदलमा सहमति, आयोगकाे मस्याैदा पनि तयार
कार्यदलले आयोगको मस्यौदा समेत तयार पारेका छन् । त्यसलाई प्रमुख दलहरुको बैठकमा पेश गरिने भएको छ।
काठमाडौं, भदौ ५ः सोमबार राति सर्वदलीय बैठकले बनाएको तीन सदस्यीय कार्यदलले सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग बनाउने सहमति गरेको छ।
सुन तस्करी प्रकरणमा छानविन समिति बनाउन प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको बैठकले कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले नेता सुवासचन्द्र नेम्वाङ र माओवादीका केन्द्रका प्रमुख सचेत सम्मिलित कार्यदल बनाएको थियो।
मंगलबार बसेको कार्यदलको बैठकले जाँचबुझ आयोग बनाउने सहमति गरेको छ। कार्यदलले यस्तो सहमति गर्दा सुन तस्करी प्रकरणको अनुसन्धान र अभियोजन प्रक्रिया सकिसकेको छ।
कार्यदलले आयोगको मस्यौदा समेत तयार पारेका छन् । त्यसलाई प्रमुख दलहरुको बैठकमा पेश गरिने भएको छ। तर, गत साउन २ गते बरामद भएको करिब ६० किलोग्राम सुन तस्करीको अनुसन्धान भने सीआईबीले नै गर्नेछ ।
सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग गर्दै नेकपा एमालेले करिब एक महिनादेखि संसद अवरुद्ध गर्दै आएको थियो।











