Kathmandu Press

मन्त्रिपरिषदबाट पारित शिक्षा ऐनको मस्यौदा पुनः समितिमै फिर्ता

मन्त्रिपरिषदबाट पारित शिक्षा ऐनको मस्यौदा पुनः समितिमै फिर्ता

काठमाडौं, ५ भदौ : मन्त्रिपरिषदबाट पारित भएको विद्यालय शिक्षा ऐन, २०८० को मस्यौदा पुनः मन्त्रिपरिषद्को विधेयक समितिमा फिर्ता गरिएको छ। साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले ऐनको मस्यौदा पारित गरेको थियो।

संसद्मा पेस गर्ने निर्णय भएको ऐनको मस्यौदा मन्त्रिपरिषदको समितिमा फिर्ता भएको हो। यसअघि मन्त्रिपरिषद्, विधेयक समितिबाट पेस भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने गरी मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो।

मन्त्रिपरिषद्बाट पारित भएको मस्यौदा सार्वजनिक भए लगत्तै विरोध सुरु भएको थियो। सरकार निजी विद्यालय सञ्चालकहरूसँगको सम्झौतापछि मस्यौदा तत्काल संसद्मा पेस नहुने अवस्था आएको हो। अब पुनः मन्त्रिपरिषद् बैठकमा समितिले संशोधनसहित मस्यौदा पेस गर्ने र मन्त्रिपरिषद् बैठकले पारित गरेर संसद्मा पेस गर्ने निर्णय गरिने भएको छ।

 

प्रकाशित मिति: १४:०६ बजे, मंगलबार, भदौ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्