Kathmandu Press

बहुदलीय जनवादको सान्दर्भिकता अझै बाँकी छ : माधव नेता

पार्टीको छैठौं केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले जनताको बहुदलीय जनवाद अनुरुप राजनीतिक माग, नारा र मूल्य मान्यताहरू संविधानमा संस्थागत भएको बताए।
बहुदलीय जनवादको सान्दर्भिकता अझै बाँकी छ : माधव नेता

काठमाडौं, भदौ ५ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बुदलीय जनवादको सान्दर्भिकता अझै बाँकी रहेको बताएका छन्।

पार्टीको छैठौं केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले जनताको बहुदलीय जनवाद अनुरुप राजनीतिक माग, नारा र मूल्य मान्यताहरू संविधानमा संस्थागत भएको बताए। जबजले जनवादबाट समाजवादमा पुग्न विभिन्न चरण भएर अगाडि बढ्ने मार्गचित्र प्रस्तुत गरेको उनले बताएका छन् ।

‘जनताको बहुदलीय जनवादमा सामन्तवादविरूद्ध अगाडि सारिएका राजनीतिक माग, नारा र मूल्य मान्यताहरू संविधानमा संस्थागत भएका छन्। यो उपलब्धीको पक्ष हो। जनताको बहुदलीय जनवाद सामन्तवादविरोधी कार्यक्रममात्र होइन, दलाल नोकरशाही पुँजीवादविरोधी कार्यक्रम पनि हो,’ अध्यक्ष नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ, ‘यो राजनीतिक कार्यक्रममात्र पनि होइन, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको कार्यक्रमसमेत हो । यसले अगाडि सारेका आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका कार्यक्रमहरू व्यवहारमा लागू भइसकेका छैनन्।’

नेपालले एकीकृत समाजवादीमा वैचारिक मतभिन्नता देखा परेको पनि बताएका छन्।

 

प्रकाशित मिति: १४:१४ बजे, मंगलबार, भदौ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्