Kathmandu Press

मुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो

सोमबार राति पहिरो खसेपछि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड पहिलो पहिरो पन्छाएपछि १ बजेबाट सञ्चालनमा आएको हो।
मुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो

चितवन, भदौ ४ : मुग्लिन–नारायणगढ सडक सञ्चालनमा आएको छ।

सोमबार राति पहिरो खसेपछि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड पहिलो पहिरो पन्छाएपछि १ बजेबाट सञ्चालनमा आएको हो। नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको थियो।

ठूलो पहिरो खसेपछि रातीदेखि सयौं सवारी साधन रोकिएका थिए। चितवनका प्रमुख जिल्ला अधिकारी (सिडयो) भुपेन्द्र थापा नारायणगढ मुग्लिन सडकको पहिरो स्थलमा पुगेका थिए।

पहिरो पन्छाउन चार मेसिन पहिरो प्रयोग भए पनि साँघुरो भएका कारण आलोपालो गरेर प्रयोग हुँदा सडक सञ्चालनमा आउने समय लागेको बताइएको छ।

प्रकाशित मिति: १४:०० बजे, मंगलबार, भदौ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्