केन्द्रीय समिति बैठकमा माधवन नेपालले भने- तत्काल गठबन्धन बदलिने र बाहिरने अवस्था छैन
अध्यक्ष नेपालले जनताको पीडा र वेदनालाई महसुस गरेर सम्वद्र्धन गर्ने र त्यसलाई उजागर गर्दै समाधान गर्ने कुरामा आफुहरुले महत्वपूर्ण भुमिका खेल्ने बताएका छन्।
काठमाडौं, भदौ ५ : नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्तागठबन्धन नबदलिने बताएका छन्।
मंगलबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सरकारको स्थिरतामा अहिले प्रश्न उठिरहेको भएपनितत्काल गठबन्धन बदलिने बताए। उनले आफूहरु गठबन्धनबाट बाहिरने अवस्था पनि तत्काल नभएको बताएका छन्।
अध्यक्ष नेपालले एमालेबाट गरेको विद्रोह औचित्यपूर्ण रहेको बारम्बार पुष्टि भएको दाबी गरे। उनले आफूहरुको विद्रोहले नै प्रतिगमनलाई परास्त गरेको, संविाधन र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा भएको बताए।
अध्यक्ष नेपालले नेपालका दलहरुमा आफ्नो कमजोरी देख्ने प्रवृति कम भएको बताए। उनले आफ्नो काम सबै राम्रो भएको दाबी गर्ने प्रवृतिले अवस्था विग्रने गरेको उल्लेख गरे।
‘आफ्नो कमजोरीलाई देख्ने प्रवृति कम छ। आफुले सबै राम्रो काम गरेको भनेर प्रस्तुत गर्ने प्रवृति ज्यादा छ,’ उनले भने, ‘समस्या देखेपछि भाग्ने पन्छाउने व्यवस्था गर्ने र त्यसमा गुजुल्टिदै जाने र त्यसले क्यान्सरको रुप लिने स्थिति पनि विद्यमान छ।’
अहिलेको राष्ट्रिय राजनीति र देशको अवस्था कस्तो छ भनेर नियाल्न जरुरी भएको उनले बताए। अध्यक्ष नेपालले जनताको पीडा र वेदनालाई महसुस गरेर सम्वद्र्धन गर्ने र त्यसलाई उजागर गर्दै समाधान गर्ने कुरामा आफुहरुले महत्वपूर्ण भुमिका खेल्ने बताएका छन्।











