राष्ट्रियसभाको बैठक दिउँसो ३ः१४ बजेलाई सारियो
विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसक्ने भएकाले सवा दुई घण्टा ढिला सारिएको संघीय संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ।
काठमाडौं, भदौ ५ : राष्ट्रियसभाको बैठक सरेको छ। आज दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक दिउँसो ३ बजेर १४ बजे बस्ने भएको हो।
विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसक्ने भएकाले सवा दुई घण्टा ढिला सारिएको संघीय संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ।
राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सारिएको सूचनामा उल्लेख छ।
विगत एक महिनादेखि प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका संघीय संसद्को दुवै सदनका बैठक चल्न सकेको छैन।
सोमबार राति सर्वदिलीय बैठकमा सहमति भएकाले आजबाट बैठकमा भने एमालेले अवरोध गर्ने छैन। आजै ३ बजे प्रतिनिधिसभाको बैठक पनि बस्दैछ।
प्रकाशित मिति: ११:४७ बजे, मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार