Kathmandu Press

राजनीतिक रुपमा सक्रियता देखाएको छैन : राष्ट्रपति

‘मैले एक्टिभिज्म देखाउन खोजेको होइन। म पनि लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता हुँ । त्यसैले राष्ट्रप्रतिको यो मेरो चिन्ता हो।’
राजनीतिक रुपमा सक्रियता देखाएको छैन : राष्ट्रपति

काठमाडौं, भदौ ५ : राष्ट्रपति रामचन्द्र पौडैलले राजनीतिकरुपमा आफूले कुनैपनि सक्रियता नदेखाएको बाएका छन्। आफैंले बोलाएको सर्वदलीय बैठकमा राष्ट्रपति पौडेलले संविधानले दिएको जिम्मेवारीबारे जानकार रहेको भन्दै राष्ट्रको चिन्ता लागेर सर्वदलीय बैठक बोलाए बताए।

‘मैले एक्टिभिज्म देखाउन खोजेको होइन। म पनि लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता हुँ,’ राष्ट्रपति पौडेलले भने, ‘त्यसैले राष्ट्रप्रतिको यो मेरो चिन्ता हो । विभिन्न कारणले तपाईंहरू सबैसँग भेट पनि हुन सकेको थिएन, तपाईंहरूसँग भेटेर राष्ट्रको चिन्ता गरौं भन्ने पनि थियो।’

राष्ट्रपति पौडेलले संंविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने जिम्मेवारी नेपालको संविधानले राष्ट्रपतिलाई दिएको उल्लेख गर्दै संंविधानमा रहेको यो जिम्मेवारी कसरी पूरा गर्न सकिन्छ भन्नेमा आफू सधैँ चिन्तित रहेको बताए।

उनले संविधान र राजनीतिक प्रणालीप्रति नै खेलबाड हुन खोजेको हो कि भन्ने आभास आफूलार्य हुन थालेको छ बताए । उनले भने, ‘यसले गर्दा शक्ति पृथकीकरण र शक्ति सन्तुलनको संवैधानिक मर्म र भावनाअनुसार हामी हिँड्न सकेका छौं कि छैनौं भनेर पनि सोच्नुपर्ने बेला भएको छ।’

संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनका लागि आवश्यक र महत्त्वपूर्ण  कानुन बन्न नसकेको भनेर चौतर्फी प्रश्न उठिरहेको बताउँदै उनले सत्य निरुपण, बेपत्ता तथा मेलमिलापसम्बन्धी कानुनी विषय टुङ्ग्याउन सकिएन भने जनताले खोजेको शान्तिको चाहना पूरा हुन नसक्ने बताए।

प्रकाशित मिति: ११:१० बजे, मंगलबार, भदौ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्