प्रनिनिधिसभा बैठक बस्दै
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सोमबार बेलुका दलहरुबीच सहमति भएपछि आज संसदमा अवरोध हुने छैन।
काठमाडौं, भदौ ४ : प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सोमबार बेलुका दलहरुबीच सहमति भएपछि आज संसदमा अवरोध हुने छैन। उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै थियो।
सोमबार राति प्रधानमन्त्री कार्यालयमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सरकार तयार भएपछि एमाले पनि संसद बैठक सञ्चालन गर्न दिन तयार भएको थियो।
समिति गठनको प्रक्रिया अघि बढेपछि आजको बैठकमा अवरोध नगर्ने बताएको छ।
प्रकाशित मिति: ०८:४१ बजे, मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











