Kathmandu Press

शितल निवासमा राष्ट्रपति पाैडेलले दलहरुसँग छलफल गर्ने

राष्ट्रपति पौडेलले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बिहान साढे ८ बजे बैठक बोलाएका छन्।
शितल निवासमा राष्ट्रपति पाैडेलले दलहरुसँग छलफल गर्ने

काठमाडौं, भदौ ५ : राष्ट्रपति रामचन्द्र पौडेलको आह्वान गरेको सर्वदलीय बैठक केही समयपछि सुरु हुँदैछ। राष्ट्रपति पौडेलले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बिहान साढे ८ बजे बैठक बोलाएका छन्।

राष्ट्रपति पौडेलले एक महिनाअघि देखि संसदमा देखिएको गतिरोध अन्त्यका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका थिए। तर, सोमबार राति नै दलहरुबीच सहमति भएपछि संसदको अवरोध भने हटिसकेको छ।

बैठकमा संसद अवरोध खुलाउन भइरहेको प्रयासबारे जानकारी लिने दिने काम हुने बताइएको छ। सोमबार बेलुकाको सहमतिका विषय राष्ट्रपतिलाई जानकारी गराउने नेताहरुले बताएका छन्।

प्रकाशित मिति: ०८:०८ बजे, मंगलबार, भदौ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्