Kathmandu Press

सुख्खा पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

सडक डिभिजन कार्यालय भरतपुरले पहिरो गएको ठाउँमा डोजर पठाएको र पहिरो पन्छाउन सुरु गरेको जनाएको छ।
सुख्खा पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन, भदौ ४ : सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। मुग्लिन नजिकै सुख्खा पहिरो जाँदा सोमबार साँझदेखि सडक अवरूद्ध भएको हो।

पहिरोका कारण दुईतर्फी रूपमा नै सडक ठप्प भएको भरतपुरको डिभिजन सडक कार्यालयले जनाएको छ।

सडक डिभिजन कार्यालय भरतपुरले पहिरो गएको ठाउँमा डोजर पठाएको र पहिरो पन्छाउन सुरु गरेको जनाएको छ। सडक अवरुद्ध हुँदा नारायणगढतर्फ आउने र मुग्लिनतर्फ जाने सवारी साधनहरु सडकमै रोकिएका छन्।

वर्षा सुरु भएसँगै मुग्लिन-नारायणगढ सडकमा पटकपटक पहिरो जाँदा सडक अवरुद्ध हुँदै आएको छ।

प्रकाशित मिति: २१:४५ बजे, सोमबार, भदौ ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्