Kathmandu Press

ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्री चन्द्रदेव जोशीसँग सिआईबीले लियो बयान

‘अन्ततः बोझबाट हलुका भएको छु। सिआईबी समक्ष बयान दिएर अइयो। सिआईबीलाई धन्यवाद,’ उनले ट्विटरमा लेखेको छन् ।
ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्री चन्द्रदेव जोशीसँग सिआईबीले लियो बयान

काठमाडौं, भदौ ४ : ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वभूमिसुधार मन्त्री चन्द्रदेव जोशीसँग बयान लिएको छ।

पूर्वमन्त्री जोशीले सिआईबीले आफूसँग सोमबार साँझ बयान लिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। सिआईबी प्रमुखले बोलाएपछि आफूले कार्यालयमै पुगेर बयान दिएको उल्लेख गरेका छन्।

‘अन्ततः बोझबाट हलुका भएको छु। सिआईबी समक्ष बयान दिएर अइयो । सिआईबीलाई धन्यवाद,’ उनले ट्विटरमा लेखेको छन् ।  उनले ललिता निवास काण्डको सम्बन्धमा आफ्नो भनाई सर्वाजनिक भइरहेको भन्दै चाहिएको बेला आवश्यक सहयोगको लागि तत्पर रहेको बताएका छन्।

उनले २०६९ असोज १८ गते ललिता निवासबारे मन्त्रिपरिषदको निर्णय हुँदा आफू मन्त्री नभएको बताएका छन्। तत्कालीन मन्त्री जोशीले ललिता निवास जग्गा व्यक्तिको नाममा बेच्ने क्रममा टिप्पणी सदर गरेको आरोपमा ब्युरोले उनीसँग बयान लिएको हो।

त्यसअघि उनले सोमबार दिउँसो सवा १ बजे बयानका लागि बोलाइए पनि बयान नलिइ फर्काएको भन्दै ट्विट गरेका थिए। ‘पहिलो पटक सिआर्इबी प्रमुख आफैंले बयानका लागि भनेर बोलाउनु भयो, तर फेरि अहिले नआउनु भनि खबर आयो । आज फेरि बोलाए बमोजिम सवा १ बजे सीबीआइ कार्यालय पुगेको थिए। तर बयान नलिइ फेरि बोलाउँला भनी फर्काइयो,’ उनले लेखेका छन्, ‘भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा मेरो प्रतिवद्धता कायम छ, म फरार छुँइन।’

बाबुराम भट्टराईको सरकारबाट असोज ४ गते राजीनामा दिएको बताएका छन्। सोमबार सीआईबीले बयानका लागि बोलाए पनि लामो समय कुराएर त्यसै फिर्ता गरेको भन्दै जोशीले ट्विटरमा असन्तुष्टि पोखेका थिए।

सिआईबीले जोशीविरुद्ध पक्राउ पुर्जी जारी गरेपनि उनलाई पक्राउ गरेको थिएन। उनलाई थुनामा राख्नुपर्ने नदेखिएकाले पक्राउ नगरिएको सिआईबीले जनाएको छ।

प्रकाशित मिति: २०:२८ बजे, सोमबार, भदौ ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्