नेकपा एसको केन्द्रीय समिति बैठकको तयारी पुरा
वर्तमान राजनीतिक परिस्थीति र पार्टीका आगामी कार्यभारको एजेण्डासहित मंगलबार केन्द्रीय समिति सुरु हुने उनले बताए।
काठमाडौं, भदौ ४ : नेकपा एकीकृत समाजवादीले केन्द्रीय समिति बैठकको तयारी पुरा गरेको छ। केन्द्रीय समिति बैठक मंगलबार सुरु हुनेछ।
पार्टी कार्यालय आलोकनगरमा दुई दिनसम्म बसेको पोलिटब्यूरो समिति बैठकले केन्द्रीय समितिको तयारी पुरा गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।
वर्तमान राजनीतिक परिस्थीति र पार्टीका आगामी कार्यभारको एजेण्डासहित मंगलबार केन्द्रीय समिति सुरु हुने उनले बताए। खतिवडाले अहिले पार्टी नेतृत्वको बारेमा कुनै छलफल नभएको जिकिर बताए।
पोलिट्ब्युरो बैठक समापन गर्दै अध्यक्ष माधवकुमार नेपालले आफुहरूले गरेको विद्रोह औचित्यपूर्ण रहेको बताए। ‘हाम्रीले विद्रोह गरेर संविधान, संघीयता र संसदको रक्षा गरेको छौं,’ उनले भने, ‘अहिले पनि अग्रगमनलाई जोगाउन हाम्रो भूमिका छ,’ उनले भने।
प्रकाशित मिति: २०:१६ बजे, सोमबार, भदौ ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











