‘एमालेले परिवर्तनका लागि राजनीति गरेको हो’
नले एमाले सरकारमा पुग्न र मन्त्री हुनका लागि राजनीति गर्ने पार्टी नभई मुलुकको परिवर्तन गर्नका लागि राजनीति गरेको स्पष्ट पारे।
काठमाडौं, ४ भदौ : नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आफू नेतृत्वको पार्टीले मुलुकको परिवर्तनका लागि राजनीति गरेको बताएका छन्।
पार्टी कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्यमा मनोनित छक्कबहादुर लामालाई सपथ ग्रहण गराउँदै उनले एमाले सरकारमा पुग्न र मन्त्री हुनका लागि राजनीति गर्ने पार्टी नभई मुलुकको परिवर्तन गर्नका लागि राजनीति गरेको स्पष्ट पारे।
‘प्रधानमन्त्री, सभामुख, मन्त्री, मुख्यमन्त्री हुनका लागि राजनीति गर्ने पार्टी होइन। देशमा परिवर्तन ल्याउनका लागि राजनीति गर्ने पार्टी हो,’ उनले भने, ‘जनताको जीवनस्तरमा परिवर्तन ल्याउनका लागि राजनीति गर्ने पार्टी हो।’
ओलीले मुलुकलाई ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानलाई गन्तव्यका साथ अगाडि बढाउने योजनाका साथ एमाले पार्टी अगाडि बढेको बताए। उनले भ्रष्टाचार र तस्किरी रोक्नका लागि भनेर आफूहरुले छानबिन समिति गठनको माग गरेको बताए। सुन तस्करीमा शक्तिशाली अन्तर्राष्ट्रिय गिरोह सक्रिय रहेकाले छानबिन आवश्यक बताए।











