Kathmandu Press

प्रधानन्यायाधीश बने विश्वम्भरप्रसाद श्रेष्ठ, शपथ मंगलबार

राष्ट्रपति पौडेलले श्रेष्ठलाई संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन्।
प्रधानन्यायाधीश बने विश्वम्भरप्रसाद श्रेष्ठ, शपथ मंगलबार

काठमाडौं, भदाै ४ : विश्वम्भरप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई सोमबार साँझ प्रधानन्यायाधीश नियुक्त गरेका हुन्।

संवैधानिक परिषदबाट सिफारिस भएका कामु प्रधानन्यायाधीश श्रेष्ठलाई आजै संसदीय सुनुवाइ समितिले सर्वसम्मत रुपमा प्रधानन्यायाधीशमामा अनुमोदन गरेको थियो।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले श्रेष्ठलाई संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन्।

प्रधानन्यायाधीश श्रेष्ठले मंगलबार पद तथा गोपनियताको शपथ लिने छन्। जसका लागि दिउँसो १ः४५को समय निर्धारण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

श्रेष्ठले १४ महिना सर्वोच्च अदालतको नेतृत्व गर्नेछन्। ०३८ सालमा शाखा अधिकृतका रूपमा न्याय सेवामा प्रवेश गरेका श्रेष्ठले ०८१ असोज २० मा ६५ वर्षे उमेरहदका कारण अवकाश पाउने छन्।

 

प्रकाशित मिति: १९:४० बजे, सोमबार, भदौ ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्