Kathmandu Press

पार्टीको विवाद विधानअनुसार नै समाधान गर्नुपर्छ : डा. राणा

डा. राणाले देश, पार्टी र जनताका लागि आफूले के गरिरहेको छु भनेर मनैदेखि सोच्नुपर्न सबै कार्यकर्तालाई आग्रह गरिन्।
पार्टीको विवाद विधानअनुसार नै समाधान गर्नुपर्छ : डा. राणा

धनगढी, भदौ ४ : नेपाली कांग्रेसकी नेतृ एवं सांसद डा. आरजु राणा देउवाले पार्टीभित्र जति ठूलो विवाद भए पनि विधि–विधानभित्र बसेर समाधान खोजिनुपर्ने बर्ताकी छिन्।

‘जुनसकै पनि जीवन्त पार्टीभित्र विवाद उत्पन्न हुन्छ, त्यो नेपाली कांग्रेसमा पनि हुनसक्छ,’ धनगढीमा आयोजित नेपाली कांग्रेस कैलालीको क्षेत्रीय भेलालाई सम्बोधन उनले भनिन्, ‘तर त्यस्ता विवादलाई झन् चर्काउने होइन कि पार्टीकै विधिविधानभित्र बसेर सबै विवादहरूको समाधान खोज्नुपर्छ।’  

डा. राणाले देश, पार्टी र जनताका लागि आफूले के गरिरहेको छु भनेर मनैदेखि सोच्नुपर्न सबै कार्यकर्तालाई आग्रह गरिन्। उनले भनिन्, ‘म मात्रै हुँ, म बाहेक अरुबाट पार्टी चल्दैन भन्ने भावना सबैले त्याग्नुपर्छ।’

पार्टीले गरेका राम्रा कामको प्रचार प्रसार गर्न जरुरी रहेको उनले बताइन्। अरु राजनीतिक दलहरूले आफूले गरेका साना कामहरूको पनि तिललाई पहाड बनाएर प्रचार गर्ने गरेको तर कांग्रेसले देश, व्यवस्था र नेपाली नागरिकका पक्षमा गरेका कैयौं राम्रा कामहरूको पनि प्रचार गर्न नसकेको बताइन्।

नेतृ डा. राणाले आफूबाट कुनै गल्ती या कमीकमजोरी नभए पनि आफूविरुद्ध राजनीतिक षड्यन्त्र हुने गरेको बतान्। उनले आफूले राजनीतिक रुपमा गरेका काम पार्टी तथा देशका लागि गरेको बताइन्।

कार्यक्रममा सुदूरपश्चिमको विकासमा पुर्याएको योगदानको कदरस्वरूप डा. राणालाई सम्मान प्रदान गरिएको थियो।

प्रकाशित मिति: १८:५४ बजे, सोमबार, भदौ ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्