मुख्यमन्त्री थापाले पाए विश्वासको मत
प्रदेशसभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले पनि मत हालेपछि मुख्यमन्त्री उद्वव थापाले विश्वासको मत पाएका हुन्।
मोरङ, भदौ ४ : सत्तारुढ गठबन्धनबाट कोशी प्रदेशको मुख्यमन्त्री बनेका कांग्रेसका उद्धव थापाले विश्वासको मत प्राप्त गरेका छन्।
प्रदेशसभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले पनि मत हालेपछि मुख्यमन्त्री उद्वव थापाले विश्वासको मत पाएका हुन।
उपसभामुख सिर्जना दनुवार अवस्था रहेको भन्दै बैठकमा उपस्थित नभएपछि जेष्ठ सदस्यका नाताले मन्सुरीले प्रदेशसभा चलाएका थिए। उपसभामुख दनुवारले विरामी भएको सूचना दिएर बैठक सञ्चालनका लागि मन्सुरीलाई अधिकार प्रत्यायोजन गरेकी थिइन्।
सोमबार प्रदेशभासमा ७७ जना सांसद उपस्थित भएको थापाको पक्षमा ४७ मत गरेको थियो भने विपक्षमा ३० मत परेको थियो।
मन्सुरीको मत नपाउने हो भने थापाले विश्वासको मत पाउने थिएनन्। थापालाई विश्वासको मत पु¥याउन नदिने उद्देश्यनसहित प्रदेशसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलका ९ जेष्ठ सदस्य बिदामा बसेपछि मुन्सुरीले सभा चलाएका हुन्।











