बाल सुधारगृह झडपमा १२ सुरक्षाकर्मीसहित १८ जना घाइते
सुधारगृहमा रहेका बन्दीहरुले गरेको प्रदर्शनमा झडप हुँदा १२ जना सुरक्षाकर्मी र ६ जना बन्दी घाइते भएको प्रहरीले जनाएको छ।
काठमाडाैं, भदाै ४ : भक्तपुरको सानोठिमीस्थित बाल सुधारगृहमा भएको झडपमा १८ जना घाइते भएका छन्।
सुधारगृहमा रहेका बन्दीहरुले गरेको प्रदर्शनमा झडप हुँदा १२ जना सुरक्षाकर्मी र ६ जना बन्दी घाइते भएको प्रहरीले जनाएको छ।
सोमबार दिउँसो बन्दीहरुले सुधार गृहको गेट तोडफोड गरेर भाला, खुकुरीलगायतका हतियारसहित प्रदर्शन गरेका थिए। सो सुधार गृहमा ३ सय बन्दी बालबालिका थिए।
झडपमा घाइते भएका प्रहरी निरीक्षक सञ्जीव ओली पनि घाइते भएका छन् । उनको मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यस्तै घाइते बन्दीमध्ये एक जनाको वीर अस्पताल र अन्यको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
सो झडपपछि सुधार गृहबाट डेढ सय कैदी भागेका थिए। जसमध्ये ८४ जना बन्दीलाई भने प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
प्रकाशित मिति: १७:५० बजे, सोमबार, भदौ ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











