ललिता निवास जग्गा प्रकरणका आरोपीलाई थप ३ दिन थुनामा राख्न अनुमति
जिल्ला अदालत काठमाडौंले ललिता निवास जग्गा प्रकरणका आरोपीलाई थप ३ दिन थुनामा राखेर अनुसन्धन गर्न प्रहरीको केन्द्रिय अनुसन्धन ब्यूरो (सिआईबी)लाई अनुमति दिएको छ।
काठमाडौं, जेठ ३ : जिल्ला अदालत काठमाडौंले ललिता निवास जग्गा प्रकरणका आरोपीलाई थप ३ दिन थुनामा राखेर अनुसन्धन गर्न प्रहरीको केन्द्रिय अनुसन्धन ब्यूरो (सिआईबी)लाई अनुमति दिएको छ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा सीआईबीले सरकारी कागजात कीर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ।
ललिता निवास जग्गा घोटला प्रकरणमा सिआईबीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलगायत १८ जनालाई हिरासतमा राखेर अनुसन्धन गरिरहेको छ।
सीआईबीले अनुसन्धान सकेर आज सरकारी वकिलको कार्यालयमा फाइल बुझाउनु पर्ने भए पनि अनुसन्धान नसिकएको भन्दै म्याद थपेको हो।
ललिता निवास प्रकरणमा सिआईबीले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईसँग उनीहरुकै घरमा गएर बयान लिएको छ।
प्रकाशित मिति: १७:०९ बजे, सोमबार, भदौ ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











