Kathmandu Press

भक्तपुरको बालसुधार गृहबाट भागेका कैदी काठमाडौंमा पक्राउ

भागेका मध्ये ८४ जनालाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ।
भक्तपुरको बालसुधार गृहबाट भागेका कैदी काठमाडौंमा पक्राउ

काठमाडौं, भदौ ४ : भक्तपुरको बालसुधार गृहबाट भागेका कैदी काठमाडौंबाट पक्राउ परेका छन्। सुधार गृहको ढोका फोडेर १५० बढी कैदी भागेका थिए।

भागेका मध्ये ८४ जनालाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ। भाला, छुरी लिएर आएका केही व्यक्तिले पछाडिको ढोका फोडेर कैदीलाई भगाएको बताइएको छ।

विभिन्न कसुरमा दोषी ठहर र पुर्पक्षमा रहेका ३ सय जति कैदी सुधारगृहमा थिए।

आइतबार सुधारगृहमा एक जनाको मृत्यु भएपछि आफन्तहरू विरोधमा उत्रिएका थिए। प्रदर्शनकै मौका छोपेर सुधारगृहका झ्याल र पर्खाल फुटाएर उनीहरू भागेका थिए ।

त्यसमध्येका ८४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले भागेकामध्ये ६० भन्दा बढीलाई बानेश्वर प्रहरी वृत्तमा राखिएको बताए।

भागेका व्यक्तिलाई नियन्त्रणमा लिन उपत्यकाका ३ वटै जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरिएको छ।

प्रकाशित मिति: १६:५३ बजे, सोमबार, भदौ ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्