Kathmandu Press

एमाले अध्यक्ष ओलीले भने- संसद् माओवादीको झुट, बेइमानी र फट्याइँ बोल्ने थलो बन्यो

‘संसद् सुन भनेर पित्तल चढायो भन्ने बकवास गर्ने थलो भएको छ, नचाहिने कुरा गर्ने थलो भएको छ। संसद् भनेको जनताको समस्या र सही र सत्य ल्याउने ठाउँ हो, देशको समस्या ल्याएको ठाउँ हो।’
एमाले अध्यक्ष ओलीले भने- संसद् माओवादीको झुट, बेइमानी र फट्याइँ बोल्ने थलो बन्यो

काठामाडौं, भदौ ४ : प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले संसद् माओवादीको झुट, बेइमानी र फट्याइँ बोल्ने थलो बनेको बताएका छन्।

सोमबरा पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले विपक्षी दलले बोल्न सुरु गरेलगत्तै  सत्तापक्षले होहल्ला गरेर संसदीय अभ्यासलाई अमर्यादित बनाएको उनले बताए।

सत्तापक्षकै कारण संसद चल्न सकेको बताउँदै ओलीले संसद बकवास गर्ने थलो बनेको बताए । ‘एमाले संसद् चलोस् भन्ने चाहन्छ तर, संसद् माओवादीको झुट, बेइमानी, फट्याइँ बोल्ने थलो भएको छ,’ उनले भने, ‘संसद् सुन भनेर पित्तल चढायो भन्ने बकवास गर्ने थलो भएको छ, नचाहिने कुरा गर्ने थलो भएको छ। संसद् भनेको जनताको समस्या र सही र सत्य ल्याउने ठाउँ हो, देशको समस्या ल्याएको ठाउँ हो।’

एमालेले संसद् चल्न दिएन भनेर हल्ला चलाइएको भन्दै ओलीले आफूहरुले तस्करी रोक्न मात्र बनेको बताए । त्रिभुवन विमानस्थलको भन्सार मात्रै नभएर देशका विभिन्न स्थानबाट भएको सुन तस्करीसहितको छानबिन माग गरिएको दाबी उनले गरे।

ओलीले सरकारले भने जे भन्यो त्यही मान्ने प्रहरीलाई अनुसन्धान गराउन खोजिएको भन्दै नमान्ने प्रहरीको सरुवा गरिएको बताए।

प्रकाशित मिति: १६:३७ बजे, सोमबार, भदौ ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्