मुख्यमन्त्री थापाले मागे एमाले र राप्रपासँग विश्वासको मत
सोमबार बसेको प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्री थापाले आफूलाई विश्वासको मत दिएर सहमतीय राजनीतिलाई अघि बढाउन एमाले र राप्रपालाई आग्रह गरेका छन्।
मोरङ, भदौ ४ : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रतिपक्षी दल नेकपा एमाले र राप्रपासँग विश्वासको मत मागेका छन्।
सोमबार बसेको प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्री थापाले आफूलाई विश्वासको मत दिएर सहमतीय राजनीतिलाई अघि बढाउन एमाले र राप्रपालाई आग्रह गरेका छन्।
प्रदेशमा स्थिरता र विकासका लागि मेरो नेतृत्वको सरकारलाई विश्वासको मत दिएर सहमतीय राजनीतिको अभ्यासलाई अघि बढाउन गठबन्धन दलका सबै सत्ता गठबन्धनका दलका साथै नेकपा एमाले र राप्रपासँग आवद्ध दलका माननीयहरुलाई आग्रह गर्न चाहन्छु,’ थापाले भने।
प्रदेशसभाबाट मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदैछन्। एमाले र राप्रपालाई विश्वासको मत पुग्न नदिने रणनीतिमा छ । सोही रणनीतिअनजुसार एमाले र राप्रपाले उपसभामुख सिर्जना दनुवार र अन्य ९ जना जेष्ठ सदस्यलाई बिदा बसाएको छ।
सोही कारण जेष्ठ सदस्य कांग्रेसका इस्माइल मन्सुरीले प्रदेशसभा सञ्चालन गरिरहेका छन्। मन्सुरीले पनि थापाको पक्षमा मत हाल्ने बताइएको छ।











