Kathmandu Press

काेशी प्रदेशसभाको अध्यक्षता मन्सुरीले गर्ने, विश्वासको मत पनि दिने

उपसभामुख सिर्जना दनुवार अनुपस्थित हुने भएपछि  बैठक अन्याेलमय बनेकाे थियाे। तर कांग्रेस सांसद इस्राइल मन्सुरीले अध्यक्षता गर्ने भएपछि बैठक सुचारू हुने भएकाे हाे।
काेशी प्रदेशसभाको अध्यक्षता मन्सुरीले गर्ने, विश्वासको मत पनि दिने

काठमाडौं, भदौ ४ : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठक नराेकिने भएकाे छ।

उपसभामुख सिर्जना दनुवार अनुपस्थित हुने भएपछि  बैठक अन्याेलमय बनेकाे थियाे। तर कांग्रेस सांसद इस्राइल मन्सुरीले अध्यक्षता गर्ने भएपछि बैठक सुचारू हुने भएकाे हाे।

उपसभामुख दनुवारले ज्येष्ठ सदस्यका रुपमा मन्सुरीले नै बैठक सञ्चालन गर्नुपर्ने पत्रमा उल्लेख गरेकी थिइन्। अध्यक्षता गरे पनि मन्सुरीले मतदान गर्ने र मुख्यमन्त्री थापाले विश्वासको मत पाउने विश्वास एक नेताले बताए।

सत्तारुढ गठबन्धनले पनि मन्सुरीले बैठकको अध्यक्षता गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिने बताएकाे छ। प्रदेशसभामा सत्ता गठबन्धनसँग ४७ मत रहेको र सबै मत मुख्यमन्त्रीको पक्षमा खस्ने बताइएकाे छ।

कोशी प्रदेशसभा ९३ सदस्यीय छ। मुख्यमन्त्री थापाले आफूलाई प्रदेशसभाको विश्वास पाउन ४७ प्रदेशसभा सदस्यको समर्थन जुटाउनुपर्छ। तर एमालेबाट निर्वाचित उपसभामुख सिजना दनुवार काठमाडौं जाने भएपछि प्रदेशसभाको अध्यक्षता ज्येष्ठ सदस्यका रुपमा सत्ता गठबन्धनकै प्रदेशसभा सदस्यले गर्नुपर्ने भएको छ।

प्रदेशसभाको अध्यक्षता गर्ने व्यक्तिले प्रदेशसभामा कुनै प्रस्तावमाथि मत बराबर भएमा मात्र निर्णायक मत दिन पाउने मत पनि छ। तर सत्ता गठबन्धनले भने सभाको अध्यक्षता गर्ने व्यक्तिलाई मुख्यमन्त्रीको पक्षमा मतदान गराउन लागेको हो।

प्रकाशित मिति: १४:५० बजे, सोमबार, भदौ ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्