Kathmandu Press

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको नाम अनुमोदन

संवैधानिक परिषद्को बैठकले नाम सिफारिस गर्ने र संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको नाम अनुमोदन

काठमाडौं, भदौ ४ : संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको छ।

सोमबार संघीय संसदको संसदीय सुनुवाइ समितिमा श्रेष्ठले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए। उनले सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ पनि दिएका थिए। संसदीय सुनुवाइ समितिले उनको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो।

उजुरीकर्तामाथिको छलफल र श्रेष्ठमाथिको सुनुवाईपछि श्रेष्ठको नाम सर्वसम्मतले अनुमोदन गरेको समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जवराले जानकारी दिए।

संवैधानिक परिषद्को बैठकले नाम सिफारिस गर्ने र संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

यसअघि संवैधानिक परिषद्को साउन १८ गते बसेकोे बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो।

श्रेष्ठले ०८१ असोज २० मा ६५ वर्षे उमेरहदका कारण अवकाश पाउने छन्। संविधानमा प्रधानन्यायाधीश हुनका लागि सर्वोच्च अदालतमा कम्तीमा तीन वर्ष न्यायाधीश भएको हुनुपर्ने योग्यता तोकिएको छ।

प्रकाशित मिति: १४:३२ बजे, सोमबार, भदौ ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्