Kathmandu Press

प्रदीप गिरिको प्रेरणाबाट सिंगो पार्टी लाभान्वित हुनुपर्छ : देउवा

उनले स्वर्गीय प्रदीप गिरि कहिल्यै नथाक्ने समाजवादी चिन्तक भएको पनि बताए।
प्रदीप गिरिको प्रेरणाबाट सिंगो पार्टी लाभान्वित हुनुपर्छ : देउवा

काठमाडाैं, भदाै ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गीय प्रदीप गिरिको प्रेरणाबाट सिंगो पार्टी लाभान्वित हुनुपर्नेमा जोड दिएका छन्।

सोमबार पार्टी कार्यालय सानेपामा समाजवादी चिन्तक, लेखक एवं कांग्रेसका निष्ठावान त्यागी नेता प्रदीप गिरीको पहिलो वार्षिकीमा आयोजित स्मरणसभामा देउवाले स्वर्गीय प्रदीप गिरिका कृतिहरुलाई पार्टीले प्रकाशित गरेर उहाको प्रेरणाबाट सिंगो पार्टी लाभान्वित हुनुपर्नेमा जोड दिएका हुन्।

स्वर्गीय गिरिका लेख र कुरा हेर्दा गणतन्त्रका लागि धेरै अघिदेखि नै मत जाहेर गर्ने व्यक्तिका रुपमा आफुले बुझेको उनले बताए। उनले स्वर्गीय प्रदीप गिरि कहिल्यै नथाक्ने समाजवादी चिन्तक भएको पनि बताए।

प्रकाशित मिति: १४:२६ बजे, सोमबार, भदौ ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्