Kathmandu Press

यस्तो छ प्रस्तावित प्रधानन्यायाधीशकाे न्यायपालिका सुधार योजना (पूर्णपाठ)

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ सोमबार नै हुनेछ।
यस्तो छ प्रस्तावित प्रधानन्यायाधीशकाे न्यायपालिका सुधार योजना (पूर्णपाठ)

काठमाडौं, भदाे ४ : प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफ्नो भावी कार्ययोजना प्रस्तुत गरेका छन्। संसदीय समितिको आजको बैठकमा उनले आफ्नो अवधारणापत्र लिखित रुपमा प्रस्तुत गरेका हुन्।

‘नेपालको संविधानले न्यायपालिका सम्बन्धमा गरेको व्यवस्था, यसलाई प्रदान गरेको जिम्मेवारी र अपेक्षित भूमिकाको आलोकमा न्यायपालिकाको सुधारसम्बन्धी मेरो भावी कार्यदिशा र कार्ययोजना तय हुनुपर्दछ भन्ने मेरो मान्यता रहेको छ,’ उनले पेस गरेको योजनामा भनिएको छ, ‘न्यायपालिकामा देखिएका समस्या, चुनौती र प्रमुख सवालहरूलाई सम्बोधन गर्ने रणनीतिक दस्तावेजको रुपमा तयार पारी लिखित रूपमा पेश गरेको हुँ।’ न्यायिक सुशासनको आफ्नो जोड रहेको बताउँदै आवश्यक नीतिगत सुधारको प्रयास गर्ने उनको भनाइ छ।

उनको भावी कार्ययोजना एवं अवधारणापत्रमा न्यायपालिकामा योजनाबद्ध सुधार र साधनस्रोतको व्यवस्थापन‚ न्याय सम्पादन‚ अदालतहरूको कार्यबोझ‚ जनशक्ति र बजेट‚ मुद्दा व्यवस्थापनमा सुधार र फरक मुद्दा व्यवस्थापन पद्धति‚ फैसला कार्यान्वयन, सूचना प्रविधिको संस्थागत विकास‚ न्यायिक सुशासन र सदाचार‚ न्यायमा सहज पहुँच अभिवृद्धि‚ न्यायपालिकाप्रतिको आस्था र विश्वास अभिवृद्धि‚ न्यायपालिकाको स्वतन्त्रता र स्वायत्तता‚ क्षतिपूर्तिसहितको न्याय एवं पुनर्स्थापकीय न्याय‚ अदालतहरूको भौतिक पूर्वाधार‚ न्यायिक जनशक्तिको क्षमता विकास र उत्प्रेरणास सरोकारवालाहरूको सहयोग र समन्वयलगायत विषय समेटिएका छन्।

श्रेष्ठले पारिवारिक विवाद हेर्न छुट्टै अदालत वा इजलास बनाउनुपर्नेमा जोड दिएका छन्। आफ्नो सुनुवाइका क्रममा संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठले पारिवारिक विवाद, सम्बन्ध विच्छेद, अंश, मानाचामल, घरेलु हिंसा लगायतको विवाद हेर्न छुट्टै अदालत वा इजलास बनाउने बताएका हुन्। काठमाडौं उपत्यकामा एक–एक वटा इजलास बनाउने र महिलालाई कोर्ट शुल्क नलिने योजनासमेत उनको छ।

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठका सम्बन्धमा साउन २४ मा सुनुवाइ समितिले उजुरी आह्वानका लागि सूचना निकालेको थियो। १० दिनमा श्रेष्ठको सम्बन्धमा ३ उजुरी परेकोमा एउटा उजुरी सैद्धान्तिक र दुई उजुरी प्रस्तावित व्यक्तिविरुद्ध परेका थिए।

अहिले समितिले प्रधानन्यायाधीशमा प्रस्तावित श्रेष्ठविरुद्ध उजुरी दिनेहरूसँग छलफल गरिसकेपछि समितिले अहिले सुनुवाइ प्रक्रिया टुंग्याउन लागेको छ। प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ सोमबार नै हुनेछ।

यस्ताे छ पूर्णपाठ

1-2182023083802-1000x01692604346.jpg

2-2182023085147-1000x01692604306.jpg

3-2182023085211-1000x01692604300.jpg

4-2182023085205-1000x01692604200.jpg

5-2182023085216-1000x01692604197.jpg

6-2182023085221-1000x01692604111.jpg

7-2182023085226-1000x01692604104.jpg

 

8-2182023085232-1000x01692603987.jpg

9-2182023085236-1000x01692603921.jpg

10-2182023085241-1000x01692603909.jpg

11-2182023085245-1000x01692603836.jpg

12-2182023085250-1000x01692603820.jpg

13-2182023085254-1000x01692603755.jpg

14-2182023085259-1000x01692603752.jpg

 

15-2182023085305-1000x01692603677.jpg

 16-2182023085310-1000x01692603680.jpg

 

17-2182023085316-1000x01692603525.jpg

18-2182023085321-1000x01692603530.jpg

 

प्रकाशित मिति: १३:०८ बजे, सोमबार, भदौ ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्