समाजवादी मोर्चाकोे भदौ ८ गतेदेखि सातै प्रदेशमा सभा गर्ने
_Moment1692604286.jpg)
काठमाडाैं, भदाे ४ : समाजवादी मोर्चाकोे भदौ ८ गतेदेखि सातै प्रदेशमा सभा गर्ने निर्णय गरेको छ।
सोमबार नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले सातै प्रदेशमा सभा गर्ने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए।
भदौ ८ गते मधेस प्रदेशको वीरगञ्जमा, १२ गते लुम्बिनी प्रदेशको बुटवलमा, १३ गते सुदूपश्चिम प्रदेशको धनगढीमा, १४ गते कर्णाली प्रदेशको सुर्खेतमा, १५ गते गण्डकी प्रदेशको पोखरामा, २३ गते बागमती प्रदेशको हेटौँडामा तथा २५ गते कोशी प्रदेशको विराटनगरमा सभा गर्ने निर्णय गरेको उहाले बताउनुभयो। सोही घोषणासभाबाट प्रदेश मोर्चाको गठन गरिने निर्णय भएको उपाध्यक्ष हमालले बताए।
त्यस्तै बैठकमा सरकारको कामको समीक्षा, समसामयिक राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल भएको जनाइएको छ। त्यस्तै नेकपाका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द (विप्लव) ले समाजवादी मोर्चालाई सशक्त रुपमा अघि बढाउने र प्रदेशमा सभा गर्ने लगाएत सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्ने निर्णय भएको जानकारी दिए।
मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) पार्टी र विप्लव नेतृत्वको नेकपा आबद्ध छन्।











