Kathmandu Press

आफैंले बोलाएको बैठकमा अनुपस्थित भएर उपसभामुखले संसदीय परम्परा तोडेको मुख्यमन्त्री थापाकाे आरोप

मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत लिने सम्भावना नरहेकाले १३ गतेभित्र कुनै दिन फेरि विश्वासको मत लिने पनि बताए। 
आफैंले बोलाएको बैठकमा अनुपस्थित भएर उपसभामुखले संसदीय परम्परा तोडेको मुख्यमन्त्री थापाकाे आरोप

काठमाडौं, भदौ ४ : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले उपसभामुखले विश्वासको मत लिने दिन बिदामा बसेर उपसभामुख सिर्जना दनुवारले संसदीय परम्परा तोडेको आरोप लगाएका छन्।

आफैंले बोलाएको बैठकमा अनुपस्थित भएर संसदीय व्यवस्थालाई धरापमा पार्ने र द्वन्द्व सिर्जना गर्ने अवस्था निर्माण गरेको बताउँदै उनले अहिलेको विषम परिस्थितिबाट शान्तिपूर्ण तरिकाले सहज निकासका लागि परामर्श गरिरहेको जानकारी दिए।

एमालेको निर्देशनमा उपसभामुख चलेको आरोप नलगाए पनि आफैंले तोकेको बैठकमा उपस्थित नहुनु सरासर गलत भएकाे र यसबाट संसदीय परम्परा तोडिएकाे  उनकाे भनाइ थियाे।

मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत लिने सम्भावना नरहेकाले १३ गतेभित्र कुनै दिन फेरि विश्वासको मत लिने पनि बताए।‘उपसभामुखले सदनको बैठक छल्ने जे काम गर्नुभएको छ यो गम्भीर भूल गर्नुभएको छ र यो संसदीय मूल्य, मान्यताविपरीत हो’, उनले भने, ‘अब आज विश्वासको मत लिने प्रस्तावमा छलफल हुने सम्भावना छैन, यो बैठक स्थगित गरेर अर्को कुनै दिन विश्वासको मत लिन्छु।’

साेमबार बिहान ८ बजेका लागि आफैंले बोलाएको कार्यव्यवस्था समिति बैठक छाडेर उपसभामुख काठमाडौं गएकी थिइन्। थापाले आइतबार विश्वासको मत लिने प्रस्ताव गरे पनि उपसभामुख सृजना दनुवारले ४ गते १ बजेका लागि समय तोकेकी थिइन्।

अघिल्लै दिन एमाले र राप्रपाका गरी ८ ज्येष्ठ सांसदले बिदा लिएपछि उनले कांग्रेसका इस्राइल मन्सुरीलाई सभा चलाउने जिम्मा दिएको पत्र पठाएकाे र त्यसमा आफू अचानक बिरामी परेको उल्लेख गरेकी छन्। 

 

 

प्रकाशित मिति: १३:१० बजे, सोमबार, भदौ ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्