Kathmandu Press

भिआइपीले अब जहाज पार्किङस्थलसम्म सवारीसाधन लान नपाउने

यसअघि भिआइपी (पूर्वप्रधानमन्त्री, पार्टी अध्यक्षहरू तथा मन्त्रीहरू) ले आफ्नै गाडी जहाजसम्म लैजाने गरेका थिए।
भिआइपीले अब जहाज पार्किङस्थलसम्म सवारीसाधन लान नपाउने

काठमाडौं, भदौ ४ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने विशिष्ट व्यक्ति (भिआइपी) हरूले अब जहाज पार्किङस्थलसम्म सवारी साधन लैजान नपाउने भएका छन्।

सम्बन्धित वायुसेवाको प्रहरीसहितको भिआइपी सवारीसाधनले नै उनीहरूलाई जहाजसम्म लैजाने र ल्याउने व्यवस्था मिलाउनेछ।

अतिविशिष्ट÷विशिष्ट आवागमन व्यवस्थापनसम्बन्धी कार्यविधि २०८० अनुसार यस्तो नियम अनिवार्य गरिएको हो। यसअघि भिआइपी (पूर्वप्रधानमन्त्री, पार्टी अध्यक्षहरू तथा मन्त्रीहरू) ले आफ्नै गाडी जहाजसम्म लैजाने गरेका थिए।

तर अति विशिष्ट (भिभिआइपी) का हकमा भने सुरक्षा एस्कर्टसहित आवागमनको व्यवस्था मिलाइएको छ। उच्च पदस्थ व्यक्तिको सवारी हुने दिन एक घण्टाअगावै आन्तरिक टर्मिनलमा पुगी निषेधित क्षेत्रमा प्रवेश गर्ने पभआइपी सवारीसाधनको विवरण टिपाएर पास लिनुपर्ने व्यवस्थासमेत गरिएको विमानस्थलले जनाएको छ।

प्रकाशित मिति: १२:३३ बजे, सोमबार, भदौ ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्