प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ सुरु
संसदीय सुनुवाइ समितिमा अहिले श्रेष्ठले आफ्नो भनाइ राखिरहेका छन्। उनले बोलिसकेपछि सवालजवाफ हुने बताइएको छ।
काठमाडौं, भदौ ४ : प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सुरु भएको छ।
संसदीय सुनुवाइ समितिमा अहिले श्रेष्ठले आफ्नो भनाइ राखिरहेका छन्। श्रेष्ठले न्यायपालिका सुधारको आफ्नो योजना लिखित रुपमा पेस गरेका हुन्। उनकाे प्रस्तुतिपछि बोलिसकेपछि सवालजवाफ हुने बताइएको छ। समितिले आजै उजुरीकर्ताहरुसँग समेत छलफल गरिसकेको छ।
‘नेपालको संविधानले न्यायपालिका सम्बन्धमा गरेको व्यवस्था, यसलाई प्रदान गरेको जिम्मेवारी र अपेक्षित भूमिकाको आलोकमा न्यायपालिकाको सुधारसम्बन्धी मेरो भावी कार्यदिशा र कार्ययोजना तय हुनुपर्दछ भन्ने मेरो मान्यता रहेको छ,’ उनले पेस गरेको योजनामा भनिएको छ, 'न्यायपालिकामा देखिएका समस्या, चुनौती र प्रमुख सवालहरूलाई सम्बोधन गर्ने रणनीतिक दस्तावेजको रुपमा तयार पारी लिखित रूपमा पेश गरेको हुँ।'
न्यायिक सुशासनको आफ्नो जोड रहेको बताउँदै आवश्यक नीतिगत सुधारको प्रयास गर्ने उनकाे भनाइ छ।











