Kathmandu Press

कोशी, बागमती, लुम्बिनी, र सुदूरपश्चिम प्रदेश भारी वर्षाको सम्भावना, तीन दिन पानी पर्ने

आजदेखि मौसम पुनः सक्रिय हुने भएकाले आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुनेछ।
कोशी, बागमती, लुम्बिनी, र सुदूरपश्चिम प्रदेश भारी वर्षाको सम्भावना, तीन दिन पानी पर्ने

काठमाडौं, भदौ ४ : हाल देशभर आंशिकदेखि सामान्य बदली भई कोशी र बागमती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्टयाङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

काठमाडौं उपत्यका र आसपासको क्षेत्रमा रातिदेखि वर्षा भइरहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ। महाशाखाका अनुसार कोशी, बागमती, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित भारी वर्षाको सम्भावना छ।

सोमबार राति पनि देशका सातै प्रदेशका केही स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ।

आजदेखि मौसम पुनः सक्रिय हुने भएकाले आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुनेछ। साथै सातै प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

 

प्रकाशित मिति: ०८:२२ बजे, सोमबार, भदौ ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्