Kathmandu Press

संसदको गतिरोध हटाउन सर्वदलीय बैठक बस्दै

आइतबारको बैठकपछि नेताहरुले छलफल सकारात्मक भएको बताउँदै सहमति नजिक पुगेको बताएका आजको बैठकमा सहमति हुने विश्वास व्यक्त गरिएको छ।
संसदको गतिरोध हटाउन सर्वदलीय बैठक बस्दै

काठमाडौं, भदौ ४ : करिब एक महिनदेखि देखिएको संसदको गतिरोध अन्त्यका विषयमा छलफल गर्न आज पनि सर्वदलीय बैठक बस्दैछ।

प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा राष्ट्रिय मान्यताप्राप्त दलहरुको सर्वदलीय बैठक बस्न लागेको हो। आइतबार बसेको सर्वदलीय बैठक निष्कर्ष बिहीन भएकाले आज पनि बैठक बस्न लागेको हो।

आइतबारको बैठकपछि नेताहरुले छलफल सकारात्मक भएको बताउँदै सहमति नजिक पुगेको बताएका आजको बैठकमा सहमति हुने विश्वास व्यक्त गरिएको छ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउनु पर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले साउन १० गतेदेखि संसद अवरोध गर्दै आएको छ। सुन तस्करी सम्बन्धमा अहिले भइरहेको अनुसन्धान प्रभावित नहुने र प्रमुख प्रतिपक्षको माग पनि सम्बोधन हुने गरी मध्यमार्गी उपाय खोज्ने प्रयास भइरहेको बताइएको छ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सदन सन्चालनका विषयमा सकारात्मक छलफल भइरहेकाले आज निष्कर्षमा पुग्न प्रयास हुने बताए।

प्रकाशित मिति: ०८:०३ बजे, सोमबार, भदौ ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्