Kathmandu Press

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाई आज हुँदै

समितिले उजुरीकर्तासँग बिहान साढे १० बजे छलफल गर्नेछ भने श्रेष्ठसँग साढे ११ बजे छलफल गर्नेछ ।
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाई आज हुँदै

काठमाडौं, भदौ ४ : संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका विश्वम्भरप्रसाद श्रेष्ठको सुनुवाइ आज हुँदैछ।

संसदीय सुनुवाइ समितिले आज श्रेष्ठविरुद्ध परेका तीन उजुरीमा उजुरीकर्तासँग छलफल गर्नेछ। उजुरीकर्तासँगको छलफल सकिए लगत्तै समितिले श्रेष्ठसँग पनि छलफल गर्ने छ।

समितिले उजुरीकर्तासँग बिहान साढे १० बजे छलफल गर्नेछ भने श्रेष्ठसँग साढे ११ बजे छलफल गर्नेछ।

श्रेष्ठविरुद्ध इमेलबाट दुई वटा र पत्रमार्फत एउटा उजुरी परेका छन्। तर इमेलबाट उजुरी गर्नेहरु सम्पर्कमा नआएकाले एक जना उजुरीकर्तासँग मात्र छलफल गर्ने समितिको तयारी छ।

संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

 

प्रकाशित मिति: ०७:५२ बजे, सोमबार, भदौ ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्