समाजवादी मोर्चाको बैठक बस्दै
बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
काठमाडौँ, भदौ ४ : चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक अज बस्ने भएको छ। बैठक सोमबार बिहान ७ः३० बजे एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बस्नेछ।
शुक्रबार साँझ बस्ने भनिएको बैठक विविध कारणले स्थागित भएपछि आज बस्न लागेको हो।
बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
यसैगरी बैठकले मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा गरिने सभाको मिति तोक्ने जनाइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएपछि मोर्चाको बैठक सरेको थियो। मोर्चा गठन भएको करिब तीन महिनापछि बस्न लागेको यो दोस्रो बैठक हो।
मोर्चामा सत्तारूढ नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहेका छन्।
प्रकाशित मिति: ०६:५७ बजे, सोमबार, भदौ ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











