Kathmandu Press

कोशीका एमाले र राप्रपाका ८ जेष्ठ सदस्यले लिए बिदा

प्रतिपक्षमा रहेका एमाले र राप्रपाले आफ्ना ८ जेष्ठ सदस्यलाई बिदा बसाएर मुख्यमन्त्री थापाको पक्षमा विश्वासको मत नपु¥याउन नदिने रणनीति बनाएको छ। एमालेका ७ र राप्रपाका १ सदस्यले घरायसी काम परेका कारण भोलिबाट केही दिन बैठकमा उपस्थित हुन नसक्ने भन्दै निवेदन दिएका छन्।
कोशीका एमाले र राप्रपाका ८ जेष्ठ सदस्यले लिए बिदा

मोरङ, भदौ ४ : कोशी प्रदेश सभाका आठ ज्येष्ठ सदस्य बिदामा बसेका छन्। नेकपा एमाले र राप्रपाका ८ जेष्ठ सदस्यले सोमबारको बैठकमा उपस्थित हुन नसक्ने भन्दै  प्रदेशसभा सचिवालय जानकारी दिएका छन्।

सोमबरा दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यक्रममा छ। प्रदेशसभाका ८ जेष्ठ सदस्य एक साथा विदामा बसेपछि मुख्यमन्त्री थापाले विश्वासको मत नपाउने सम्भावना बढेको छ।

नेकपा माओवादीबाट सभामुख बनेका बाबुराम गौतमलाई राजीनामा गराएर सत्ता गठबन्धनले नेपाली कांग्रेसका थापाको नेतृत्वमा सरकार बनाएको थियो। विश्वासको मत लिँदा उपसभामुख सिर्जना दनुवार विदा बसे वा राजीनामा दिए पनि विश्वासको मत पु¥याउने रणनीतिसहित गठबन्धनले प्रदेशसभाका जेष्ठ सदस्य गयानन्द मण्डललाई राज्यमन्त्री बनाएको थियो।

प्रतिपक्षमा रहेका एमाले र राप्रपाले आफ्ना ८ जेष्ठ सदस्यलाई बिदा बसाएर मुख्यमन्त्री थापाको पक्षमा विश्वासको मत नपु¥याउन नदिने रणनीति बनाएको छ। एमालेका ७ र राप्रपाका १ सदस्यले घरायसी काम परेका कारण भोलिबाट केही दिन बैठकमा उपस्थित हुन नसक्ने भन्दै निवेदन दिएका छन्।

एमालेका रोहितबहादुर कार्की, मालतीकुमारी लिम्बू, रामप्रसाद महतो, खड्गबहादुर बस्नेत, तारादेवी ढकाल, किशोरचन्द्र दुलाल र ज्ञानेन्द्र सुवेदी तथा राप्रपाका  गोपालबहादुर विश्वकर्माले उपस्थित हुन नसक्ने निवेदन दिएका छन्।

राप्रपाका अर्का ज्येष्ठ सदस्य अम्बरबहादुर विष्टले अनुपस्थित हुने भनेर निवेदन नदिए पनि बिरामी भएकाले भोलिको बैठकमा नजाने बताइएको छ।

यस्तो अवस्थानमा उपसभामुख दनुवार पनि बैठकमा उपस्थित नभएर गठबन्ध कै एक सदस्यले सभा चलाउनु पर्ने हुन्छ। यसो भयो भने थापाले विश्वासको मत पाउने छैनन्।

तर, भोलिको बैठकमा उपसभामाुख दनुवार उपस्थित हुने नहुने अहिलेसम्म टुंगो लागिसकेको छैन। भोलिको बैठकमा दनुवारलाई अनुपस्थित गराउने र सत्ता गठबन्धन दलका अध्यक्ष मण्डलका सदस्यलाई नै बैठक चलाउन लगाउने रणनीति एमालेको छ।

 

प्रकाशित मिति: १९:४७ बजे, आइतबार, भदौ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्