Kathmandu Press

राष्ट्रपतिले बोलाए सर्वदलीय बैठक

राष्ट्रपति पौडेलले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई मंगलबार बिहान साढे ८ बजे शितल निवास छलफलका लागि बोलाएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
राष्ट्रपतिले बोलाए सर्वदलीय बैठक

काठमाडौं, भदौ ३ : राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदिलय बैठक बोलाएका छन्। संघीय संसद् देखिएको गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले मंगलबार सर्वदलीय बैठक बोलाएका हुन्।

राष्ट्रपति पौडेलले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई मंगलबार बिहान साढे ८ बजे शितल निवास छलफलका लागि बोलाएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

केही दिनअघि सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति पौडेललाई भेटेरै संसद्‌को गतिरोध अन्त्यको लागि पहल गर्न आग्रह गरेका थिए। सोही अनुसार राष्ट्रपति पौडेलले सर्वदलिय बैठक बोलाएका हुन्।

सुन तस्करी प्रकणमा उच्च स्तरीय छानविन समिति बनाउन माग गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले साउन १० देखि संसद अवरुद्ध गर्दै आएको छ। सभामुख र प्रधानमन्त्री पुष्पकमल दहालको पहलमा दलहरु पटक पटक छलफलमा बसेपनि सहमति बन्न सकेको छैन।

आइतबार मात्रै प्रधानमन्त्री दाहालको पहलमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्दै राष्ट्रिय दलहरुको सर्वदलीय बैठक बसेको थियो। तर, बैठकविना निष्कर्ष टुंगियोएको थियो। बैठक सोमबार फेरि बस्नेछ।

 

 

प्रकाशित मिति: १९:२० बजे, आइतबार, भदौ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्