Kathmandu Press

रमिलाले ल्याइन तिज गीत ‘के पर्छ, के पर्छ’ [भिडियाे]

गीतमा उनलाई गायक खुमन अधिकारीले साथ दिएका छन्। विक्रमबाबु विश्वकर्माले लेखेका शब्दमा गायक खुमनले नै संगीत भरेका छन्।
रमिलाले ल्याइन तिज गीत ‘के पर्छ, के पर्छ’ [भिडियाे]

काठमाडौं, भदौ ३ : हिन्दू नारीहरुको महान पर्व तिजलाई लक्षित गरेर गायिका रमिला न्यौपानेले नयाँ गीत ‘के पर्छ, के पर्छ’ बजारमा ल्याएका छन्।

गीत गायिका न्यौपानेकै अफिसिफ युट्युम च्यानलमार्फत सार्वजनिक भएको हो। गीतमा उनलाई गायक खुमन अधिकारीले साथ दिएका छन्।

विक्रमबाबु विश्वकर्माले लेखेका शब्दमा गायक खुमनले नै संगीत भरेका छन्। गीतमा विश्वास नेपालले संगीत संयोजन गरेका छन् भने कुमार रानाले मिक्सिङ र मास्टरिङ गरेका छन्।

‘के पर्छ, के पर्छ’को ९ मिनेट लामो भिडियोको निर्देशन स्मृति तिमिल्सनाले गरेकी छिन्। भिडियोमा दिपशा बिसी, विक्रम सिंह ठकुरी, नारायणी खत्री र रायन बस्याल फिचरिङ छन्।

करण चैसिरले खिचेको भिडियोलाई अमृत चापागाइँले सम्पादन गरेका छन्।

हेर्नुस् भिडियाे

 

प्रकाशित मिति: १८:३१ बजे, आइतबार, भदौ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्