Kathmandu Press

सर्वदलीय छलफल सहमतिको नजिक पुगेको छ : राजेन्द्र लिङ्देन

सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धान प्रभावित नहुने गरी समाधान खोज्न सत्तापक्ष सकारात्मक भएकाले बैठक सहमतिनजिक पुगेको दाबी उनले गरे।
सर्वदलीय छलफल सहमतिको नजिक पुगेको छ : राजेन्द्र लिङ्देन

काठमाडौं, भदौ ३ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सर्वदलीय छलफल सहमतिको नजिक पुगेको बताएका छन्।

सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धान प्रभावित नहुने गरी समाधान खोज्न सत्तापक्ष सकारात्मक भएकाले बैठक सहमतिनजिक पुगेको दाबी उनले गरे।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सत्तापक्ष र प्रतिपक्ष दुवैको जित हुने गरी समाधान खोज्ने सहमति भएको जानकारी दिए। सोमबार बस्ने बैठकले संसदको अवरोधको अन्त्य गर्ने निष्कर्ष निकालने उनको भनाइ थियो।

‘बिचको बाटो निकाल्ने भन्ने छ। सरकार र प्रमुख प्रतिपक्ष लचिलो भएको छ,’ उनले भने, ‘अहिले भइरहेको अनुसन्धान पनि प्रभावित नगर्ने र प्रतिपक्षको मागलाई पनि सम्बोधन गरेर जाने बाटो हुनसक्छ।’
 
प्रकाशित मिति: १८:०५ बजे, आइतबार, भदौ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्