प्रतिनिधिसभाको आगामी बैठक सहज रुपमा सञ्चालन हुन्छ : माधव सापकाेटा
आइतबार संसद बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले सदनको अवरोध हटाउन दलहरुबीच निरन्तर छलफल भएकाले मध्यमार्गी विकल्प तय गरेर आगामी बैठक सहज रुपमा सञ्चालन दाबी गरेका हुन्।
काठमाडाैं, भदाै ३ : नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रतिनिधिसभाको आगामी बैठक सहज रुपमा सञ्चालन हुने दाबी गरेका छन्।
आइतबार संसद बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले सदनको अवरोध हटाउन दलहरुबीच निरन्तर छलफल भएकाले मध्यमार्गी विकल्प तय गरेर आगामी बैठक सहज रुपमा सञ्चालन दाबी गरेका हुन्।
उनले एमालेले सधै अडान लिएर मात्रै नहुने भन्दै सोमबार बस्ने दलहरुको बैठकमा केही न केही सहमति हुने उल्लेख गरे। उनले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबन्ने र सिआइबीले मुद्दाको अभियोजन नगर्दासम्म अरु समिति पनि नबन्ने जिकिर गरे।
सांसद सापकोटाले लगातार सदन अवरुद्ध हुँदा त्यसले पारेको असर प्रति प्रतिपक्षी गम्भीर बन्नुपर्नेमा जोड दिए।
प्रकाशित मिति: १७:०६ बजे, आइतबार, भदौ ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार