Kathmandu Press

नारायणकाजीकाे स्पष्टाेक्ति- आनन्द अरुणले भनेपछि बागेश्वर बाबालाई भेटेको हुँ

बागेश्वर बाबासंँग गृहमन्त्रीले गोप्य भेट गरेको खबर सार्वजनिक भएपछि आइतबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले आफूले धीरेन्द्रकृष्ण शास्त्रीको कहिल्यै नाम नसुनेको तर आनन्द अरुणले भनेपछि भेटेको बताएका हुन्।  
नारायणकाजीकाे स्पष्टाेक्ति- आनन्द अरुणले भनेपछि बागेश्वर बाबालाई भेटेको हुँ

काठमाडौं, भदौ ३ : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वामी आनन्द अरुणको आग्रहपछि आफूले भारतीय धर्मगुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’लाई भेटेको बताएका छन्।

बागेश्वर बाबासंँग गृहमन्त्रीले गोप्य भेट गरेको खबर सार्वजनिक भएपछि आइतबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले आफूले धीरेन्द्रकृष्ण शास्त्रीको कहिल्यै नाम नसुनेको तर आनन्द अरुणले भनेपछि भेटेको बताएका हुन्।  

आफू व्यक्तिगत रुपमा जीवन र जगतलाई सृष्टि गर्ने कुनै एउटा व्यक्ति ईश्वरको नाममा रहेको र उसको विधिविधान धर्म हो भन्ने नमान्ने भए पनि अध्यात्ममा थुप्रै सकारात्मक पक्षहरु भएकाले योग र ध्यानमा विशेष रुचि रहेको बताए।

त्यस्तै उनले नेपाल-भारतको अभिन्न अंग हो भन्ने अभिव्यक्तिबारे आफूलाई जानकारी नरहे पनि नेपाल एउटा सार्वभौम राष्ट्र भन्नेमा कुनै सन्देह नरहेको बताए।

धीरेन्द्रकृष्ण शास्त्रीले सुरुमा झुक्किएर एउटा वाक्य बोलेको र त्यसपछि उनले त्याे सच्याएको भन्ने खबर पाएको श्रेष्ठले बताए। 

प्रकाशित मिति: १६:३५ बजे, आइतबार, भदौ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्