Kathmandu Press

सडक व्यापारी आन्दोलित, फुटपाथे भनी नहेप्न चेतावनी

आइतबार काठमाडौंको सभागृहअगाडि उनीहरू ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्ने गीत गाउँदै  महानगरपालिकाविरद्ध आन्दोलित भएका हुन्।
सडक व्यापारी आन्दोलित, फुटपाथे भनी नहेप्न चेतावनी

काठमाडौं, भदाै ३ : सडकमा व्यापार-व्यवसाय गर्ने साना व्यवसायी काठमाडाैं महानगरपालिकाविरद्ध आन्दोलित भएका छन्। आइतबार काठमाडौंको सभागृहअगाडि उनीहरू ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्ने गीत गाउँदै महानगरपालिकाविरद्ध आन्दोलित भएका हुन्।

131692527398.jpg

साइकल, गाडा, परम्परागत सडक, मजदुर, उद्यमीका लागि सम्मानजनक वैकल्पिक नीति व्यवस्था माग गर्दै यसअघि सडकमा व्यापार गर्दै आएका व्यापारीले महानगरपालिकाविरुद्ध प्रदर्शन गरेका हुन्। इनअफ इज इनअफ अभियानको अगुवाइमा भएको प्रदर्शनमा अभियन्ता विनोद देउवाले महानगरपालिका बालेन शाहले फुटपाथे भनेर हेपेको भन्दै सडकमा व्यापार गर्नु रहर नभएर बाध्यता भएको बताए। उनले जग्गा बाँझो छोडेर सडकमा बसेको हो भन्ने लागे छानबिन गर्न माग मारे। 

31692527635.jpg

उनले भने, ‘हामी पनि तपाईलाई विकासमा अवरोध गर्न चाहदैनौं विरोधी हैनौं। विकासमा हामी पनि सहयोग गर्न चाहन्छौं। तपाई फुटपाथे भनेर यसरी नहेप्नुहोस् मेयर साहेब। हामी पनि केही गरौं भन्ने छ। यस्तो गर्नुभयो भने हाम्रो छोराछोरी भोकै छन्। अब खाते बनाइदिने छोराछोरीलाई ? हामी जग्गा बाँझो छोडेर यहाँ बसेका छैनौं। त्यस्तो लाग्छ भने छानबिन गर्नू।’

51692527588.jpg

उनले महानगरको नीतिले १० हजार भन्दा बढी दैनिक ज्यालादारीमा निर्भर परिवारहरूलाई दुई छाक टार्नै गाह्रो भएको दुखेसो गरे। मेयर शाहले बिनाविकल्प जीविकोपार्जनका लागि काम गर्नेहरुको बिजोग बनाएको उनीहरुको आरोप छ ।

11692527676.jpg

71692527556.jpg

91692527503.jpg

21692527659.jpg

41692527610.jpg

61692527575.jpg

81692527529.jpg

101692527476.jpg

121692527430.jpg

111692527451.jpg

प्रकाशित मिति: १६:१५ बजे, आइतबार, भदौ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्