Kathmandu Press

भाेलिकाे बैठकमा ओली सहभागी हुने, सहमतिको प्रयास गरिने : नारायणकाजी श्रेष्ठ

श्रेष्ठले सुन प्रकरणमा सिआइबीलाई नै अनुसन्धानको निष्कर्ष निकाल्न दिनुपर्ने उल्लेख गरे।
भाेलिकाे बैठकमा ओली सहभागी हुने, सहमतिको प्रयास गरिने : नारायणकाजी श्रेष्ठ

काठमाडाैं, भदाै ३ : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सदनको अवरोध अन्त्य गर्ने विषयमा राम्रोसँग कुरा भएको तर अहिले नै निष्कर्षमा नपुगिएको बताएका छन्।

आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठक उनले स्वास्थ्यका कारण एमाले अध्यक्ष केपी ओली बैठकमा सहभागी नभएकाले सोमबार पुनः बैठक बस्ने र सहमतिको प्रयास गरिने जानकारी दिए। आजको बैठकमा एमालेका तर्फबाट प्रमुख सचेतक पदम गिरी सहभागी थिए।   

श्रेष्ठले सुन प्रकरणमा सिआइबीलाई नै अनुसन्धानको निष्कर्ष निकाल्न दिनुपर्ने उल्लेख गरे। सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बन्नुपर्ने एमाले अडान कायमै रहेपछि बैठक बिनानिष्कर्ष टुंगिएको हो।

प्रकाशित मिति: १६:१० बजे, आइतबार, भदौ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्